काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केशव रावललाई स्वकीय सचिवमा नियुक्त गरेका छन्।
रुकुम पूर्वका रावललाई स्वकीय नियुक्त गरेर प्रचण्डले संसद् सचिवालयलाई समेत जानकारी गराइसकेका छन्।
प्रचण्डले आफूलाई स्वकीय सचिवमा नियुक्त गरेको रावलले बताएका छन्।
उनले भनेका छन्, ‘देश, जनताको सेवामा निरन्तर सक्रिय हुने र रुकुम पूर्वलाई नमुना जिल्ला बनाउने उहाँको लक्ष्य र अभियानलाई सफल पार्न निष्ठापूर्वक, इमानदारीका साथ र जिम्मेवार भएर काम गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।’






