काठमाडौं । भैरहवाबाट सवारी दुर्घटनामा परेका घाइते बोकेर काठमाडौंतर्फ आइरहेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय छेउमा सुरक्षासहित हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा सवारी दुर्घटनाबाट घाइते भएका बिरामीलाई काठमाडौं ल्याइँदै थियो ।मौसम सुधार भएपछि हेलिकप्टर पुन: काठमाडौंतर्फ नै पठाइने प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय