काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले सभापति गगन थापासँग पार्टीका आन्तरिक विवादका विषयमा छलफल गर्नेबारे सल्लाह गरिरहेकाे बताएका छन् । आइतबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँगको भेटमा निवर्तमान सभापति देउवाले आफू पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमै रहेको बताएका थिए ।  ‘मैले सबै साथीहरूसँग यसबारे छलफल गरिरहेको छु। अब छिट्टै पार्टी सभापति गगन थापालाई बोलाएर यसबारे निर्णायक छलफल गर्नेछु र एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेछु।’भेटमा आफूले पार्टीलाई सग्लो र एक बनाएर लैजानुपर्ने सुझाव देउवालाई दिएको जानकारी दिए । देउवाको लामो समयसम्म स्वकीय सचिव बसेका मल्ल कांग्रेस डडेलधुराको सभापतिसमेत बनेका थिए ।देउवा निवास चुनदेवीमा भएको भेटमा देउवाले कांग्रेस वीपीसँग एकता घोषणा भएको तर, सबैलाई पार्टीमा मिलाउने विषय कहाँ पुग्यो भनेर सोधेका थिए । नेपाली कांग्रेस र कांग्रेस बीपीबीच गत फागुन १७ गते एकता गर्ने औपचारिक घोषणा भएको थियो। यद्यपि, प्राविधिक र साङ्गठनिक पद बाँडफाँटका केही विषय अझै टुङ्गिन बाँकी छन्।पार्टी समायोजनका लागि नेपाली कांग्रेसले नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा एक समिति गठन गरेको र त्यो समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी आफूलाई प्राप्त भएको मल्लले देउवालाई जानकारी गराएका थिए । ‘हाम्रो तर्फबाट साथीहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम समेत भरिसक्नुभएको छ, अब घोषणा कार्यान्वयनको पर्खाइमा छौँ,

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय