काठमाडौँ । मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट सुरु गरिएको भन्दै व्यवसायीहरूले दुई कम्पनीहरूमा ताला लगाएको छ । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले आइतबार सूचीकृत भएका दुई म्यानपावर कम्पनीका कार्यालयमा पुगेर ताला लगाएको हो ।

तालाबन्दी गरिएका कम्पनीहरूमा एसिया लिङ्क सर्भिसेज र ट्रस्ट नेपाल ओभरसिज म्यानपावर रहेका छन् । तालाबन्दीपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले यो कदम सिन्डिकेटविरुद्धको साङ्केतिक विरोध भएको बताए । ‘हामीले आफ्ना सदस्य संस्थाहरूलाई गलत क्रियाकलापमा नलाग्न सचेत गराउन यो कदम चालेका हौँ,‘ खत्रीले भने, ‘२५ वटा कम्पनीको सूचीमा परेर एकाधिकार जमाउन खोज्नेहरूलाई यो चेतावनी हो ।अध्यक्ष खत्रीले व्यवसायीहरू सधैँ कूटनीतिक र नीतिगत सुधारका लागि लड्ने भए पनि कतिपय अवस्थामा भौतिक उपस्थिति भएर कारबाही गर्नुपर्ने अवस्था आएको बताए । उनले भने- ‘हामी आज टाई–सुट नलगाई व्यवसायीको हैसियतमा आफ्ना साथीहरूलाई सचेत गराउन म्यानपावर पुगेका हौँ । सिन्डिकेटको भागिदार बन्नु भनेको समग्र वैदेशिक रोजगार क्षेत्रलाई धराशायी बनाउनु हो ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय