काठमाडौँ । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।

उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। यसअघि सम्पर्क भए पनि अहिले टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्।टोलीमा अप्सरा खड्का, प्रमिला श्रेष्ठ, टुनेबहादुर राउत, गेयल बिष्ट, असोका राउतलगायत ११ जना रहेको जनाइएको छ। टोलीको उद्धारका लागि सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय