काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो।
उनले भने, ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको छ।उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताए। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताए।






