काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारले पहल थालेको छ। प्रभावित जिल्लामा फोन र डाटा सेवा निःशुल्क उपलब्ध गराउन समेत निर्देशन दिइएको छ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमार्फत बाढीका कारण सञ्चार अवरोध भएका स्थानमा सेवा छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन प्रयास भइरहेको जानकारी दिएका छन्।उनका अनुसार प्रभावित जिल्लामा फोन सेवा निःशुल्क भइसकेको छ भने डाटा सेवा पनि निःशुल्क उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सरकारले सम्बन्धित निकाय तथा सेवा प्रदायकलाई आवश्यक समन्वय गरी काम गर्न निर्देशन दिएको मन्त्री तिमल्सिनाले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय