काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा दुई खर्बको क्षति भएको बताएका छन् ।
बुधबार बिहान आएको बाढीबाट पुर्याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी आएको बताए । बाढीले पूर्वाधार धेरै क्षति पुर्याएको बताउँदै मन्त्री लम्सालले पुल र सडकालाई निर्माणमा प्राथमिकता दिएर छिटो बनाउने बताए ।तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा क्षति पुर्याएको छ । बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।






