श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेकपा एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्बाङलाई आफ्नो पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उदयपुरको गाईघाटमा त्रियुगा नगरपालिकाद्वारा आयोजित श्रम संस्कृति पार्टीको प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा बोल्दै नेता किरातीले यस्तो धारणा राखेका हुन् । उनले सुहाङ नेम्बाङलाई शालिन र भद्र नेताको रूपमा चित्रण गर्दै उनलाई पार्टीमा उचित स्थान दिनुपर्नेमा जोड दिएका हुन् । प्रशिक्षणलाई सम्बोधन गर्दै किरातीले भने, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष र वरिष्ठ नेता दुवै राई समुदायबाट हुनुहुन्छ । यस्तो अवस्थामा सुहाङ नेम्बाङसँग संवाद गरी उनलाई ससम्मान पार्टीमा भित्र्याउन आवश्यक छ । उनलाई मुख्यमन्त्री बनाउन सकियो भने पार्टीका लागि निकै राम्रो हुनेछ ।’ नेता किरातीले सुहाङलाई पार्टीमा ल्याउन सके श्रम संस्कृति पार्टीलाई देशकै ठुलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्न सहज हुने दाबीसमेत गरे । उनले यस कदमलाई जातीय उत्पीडनको क्षतिपूर्ति र इतिहासमा अन्जानमा भएका गल्तीहरूप्रति पश्चाताप गर्ने अवसरका रूपमा व्याख्या गरे । ‘यसो गर्दा एकातिर पार्टी बलियो हुन्छ भने अर्कोतिर इतिहासको गल्ती सच्याउने र जातीय सन्तुलन मिलाउने काम पनि हुन्छ,’ किरातीले थपे ।
‘यसो गर्दा एकातिर पार्टी बलियो हुन्छ भने अर्कोतिर इतिहासको गल्ती सच्याउने र जातीय सन्तुलन मिलाउने काम पनि हुन्छ,’ किरातीले थपे ।






