काठमाडौं । रास्वपाले बाढीपिडित नागरिकलाई राहत एवं उद्धारका लागि राहत कोषमा ५० लाख रुपैयाँ सरकारलाई सहयोग रकम प्रदान गर्ने भएको छ ।

विपद्को समयमा सरकारसँग हातेमालो ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । रास्वपाले जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र मानवीय सहयोग जुटाउन अपिल गरेको छ ।

सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारको एकद्वार प्रणाली अपनाउन रास्वपाले सुझाव दिएको छ ।

पार्टीको सबै ध्यान विपद् व्यवस्थापन, उद्धार र राहत कार्यका लागि भएकोले साङ्गठनिक गतिविधि स्थगित गर्ने निर्णय गरिएको बताइएको छ । ‘पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ,’ महामन्त्री आचार्यले निकालेको विज्ञप्तिमा भनिएको छ ।पार्टी पङ्क्तिलाई सक्रिय परिचालन गर्ने निर्णय गरेको रास्वपाले उद्धार र राहत कार्यमा सक्रिय हुन आग्रह गरिएको छ । राहत र उद्धार कार्यको संयोजनको जिम्मा पूर्व र्‍याट संयोजक आशिष थापालाई दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय