काठमाडौँ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम नगर्ने भएकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको कारण उनले साे निर्णय गरेकी हुन् ।
अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने तीज विशेष कार्यक्रमका लागि केही दिन पहिले अस्ट्रेलिया पुगेकी उनले नेपालमा आएको प्रकृति प्रकोपबाट दुखी समेत रहेको बताएकी छन् ।देशमा बिपत परेको बेला आफूले तीज कार्यक्रम गरेर नाच्नु र नचाउनु राम्रो होइन भनेर उनले यस्तो निर्णय गरेकी छन् । उनले नेपालमा रहेका सबैलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् ।उनले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम रद्द गरेको जानकारी दिएकी हुन् ।






