कृत्रिम बौद्धिकता (एआई)को तीव्र विकासले रोजगारी र मानव जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले दिएका छन् । एआईबाट उत्पन्न हुन सक्ने जोखिमलाई तत्काल सम्बोधन गर्नु विश्वकै प्राथमिकतामा पर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘एआई या त अहिलेसम्म आविष्कार गरिएको सबैभन्दा ठुलो समकक्ष हुनेछ, या अन्यायको सबैभन्दा खराब स्रोत हुनेछ,’ ६ हजार शब्दको निबन्धमा उनले लेखेका छन् । अहिलेको युग एआईको उपद्रवी युग भएको अनि आफूहरूले अहिले गर्ने छनौटहरू निकै अहम् भएको पनि उनले बताए । एआईको क्षेत्रमा भइरहेको तीव्र विकासबारे चिन्ता व्यक्त गर्ने गेट्स पहिलो प्राविधिक उद्यमी होइनन् । तर उनको निबन्धले केही एआई मोडलको काम गराइ र सम्भावित रोजगारी क्षतिको विषयमा अरू चिन्ता थपिदिएको छ ।गएको शताब्दीको उत्तरार्द्धमा भएको कम्प्युटर क्रान्तिपछि गेट्स विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर आगामी प्राविधिक क्रान्ति एआई समाजका लागि अरू विध्वंसात्मक हुने चिन्ता गेट्सको छ । गेट्सका अनुसार ठुलो आर्थिक स्वार्थ जोडिएका कारण प्रविधि उद्योगले एआईका सम्भावित जोखिमलाई कम आङ्कलन गरिरहेको छ । एआई कति शक्तिशाली बन्दै गएको छ भन्नेबारे भित्री रूपमा जानकार रहेका कतिपय व्यक्ति गम्भीर रूपमा चिन्तित भए पनि सार्वजनिक रूपमा त्यसबारे बोल्न हिच्किचाइरहेको पनि उनले बताए । एआईका जोखिमबारे धेरै कडा रूपमा बोलेमा त्यसले प्रविधि क्षेत्रमा हुन लागेको आगामी लगानीलाई प्रभावित पार्न चिन्ता पनि गेट्सलाई छ ।एआईको जोखिम नियन्त्रणका लागि देशहरूबिच समन्वय आवश्यक रहेकोमा गेट्सले जोड दिएका छन् । वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गेट्सले एआईका बढ्दो जोखिम न्यूनीकरणका लागि विश्वव्यापी पहल अघि बढाउने विषयमा छलफल गर्ने इच्छा व्यक्त गरेका छन् । उनले अमेरिकाले खतरनाक एआई मोडेलमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउने दिशामा पहिलो कदम चाले चीनले पनि त्यसलाई पछ्याउन सक्ने सम्भावना रहेको बताएका छन् ।एआईले जैविक आक्रमण गर्न वा आणविक हतियार निर्माणमा सहयोग पुर्‍याउन सक्ने क्षमतामाथि देशहरूले निगरानी राख्नुपर्ने उनले बताए । उनका अनुसार एआई व्यवस्थापनका लागि नयाँ अन्तर्राष्ट्रिय संयन्त्र आवश्यक छ । यस्तो संयन्त्र निर्माण गर्दा आणविक निरीक्षण व्यवस्था, उड्डयन क्षेत्रको नियमन र ओजोन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट सिक्न सकिने उनको धारणा छ । गेट्सले एआईका कारण रोजगारीमा पर्ने असर र प्रयोगकर्ताको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा पर्न सक्ने प्रभावप्रति पनि चिन्ता व्यक्त गरेका छन् । साइबर सुरक्षा परीक्षणका क्रममा ओपनएआई, एन्थ्रोपिक र मेटा प्लेटफर्मका एआई प्रविधिले वास्तविक वेबसाइटहरूमा ह्याकिङ गरेको घटनालाई पनि उनले उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय