काठमाडौँ । गीतकार संघ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

गीतकार संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाँध फुटी त्रिशुली नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसम्म प्रभावित भएको र हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भएको र देश शोक तथा पीडामा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ ।संघले आफ्नो उत्सवभन्दा माथि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरेको जनाएको हो ।ढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विपद्मा परेका नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय, संघसंस्था तथा सम्पूर्ण नेपालीलाई सहयोग गर्न अपिल गरेको छ ।यसैबिच, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु । १ लाख १५ हजार आर्थिक सहयोग जम्मा गरेको संघका अध्यक्ष बसन्त वित्यासी थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको ।बाढी पहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास संघले व्यक्त गरेको छ । संघले विपद्मा रहेका नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सम्पूर्णमा आह्वान गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय