काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीपछि बेपत्ता बनेकाहरुको परिवार र आफन्तको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भीड लागेको छ ।
बाढीमा परेर घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवार आफन्तको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् । अस्पतालको भित्तामा कतिपयले बेपत्ता भएका आफन्तका भेटिन्छन् कि भनेर तस्बिर टाँसेका छन् ।अस्पतालमा अहिले ३७ जना घाइते उपचाररत रहेको जनाइएको छ । बाढीमा परी मृत्यु भएकामध्ये केहीको शवसमेत अस्पतालको शवगृहमा राखिएको छ ।बाढीपछि अस्पताल परिसरमा शोकाकुल परिवार तथा आफन्तको भीड बढेको छ । बिहीबारको बाढीमा हालसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने कैयन घाइते र बेपत्ता बनेका छन् । भयानक बाढीको प्रभाव सबैभन्दा बढी रसुवा र नुवाकोटमा परेको छ ।






