काठमाडौं ।  सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशुली ए जलविद्युत् आयोजनामा उद्धार केन्द्रित गरिएको छ ।

टनेल भित्र रहेका व्यक्तिको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

अपर त्रिशुलीबाट बिहीबार ३५० जनाको उद्धार गरिएको थियो । आज टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय