काठमाडौँ । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सङ्घर्षका कार्यक्रम फिर्ता लिँदै जेनजी युवाहरूले अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज प्रेस विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित सङ्घर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाए ।‘कमन जेनजी नेपालले यही २०८३ भदौ २३ गते जेनजी आन्दोलनको एक वर्षको अवसर पारेर ‘फेक शासनविरुद्ध असल शासन’ को नारासहित देशव्यापी प्रदर्शनको साथै सडक आन्दोलनको घोषणा गरेको सर्वविदितै छ । तर, राष्ट्रले अहिले भोग्नुपरेको अकल्पनीय प्राकृतिक विपत्तिको कारण सिङ्गो देश शोकमा डुबेको यस दुःखद घडीमा हामी पूर्वघोषित यस आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी गराउँदछौ । साथै, कमन जेनजी नेपालको सिङ्गो पङ्क्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पूनःस्थापनाको कार्यमा खटिने पनि जानकारी गराउँदछौ,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तिले उल्लेख गरिएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी युवाहरू नुवाकोटका विभिन्न ठाउँमा पुगेका थिए । साथै उनले प्रधानमन्त्री वालेन शाह (बालेन) लाई सामाजिक सञ्जालमा सीमित नभई प्रभावित क्षेत्रहरूमा पुग्न र राहत, उद्धार लगायतका कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाह नुवाकोट जिल्ला पुगेको तर अन्य जिल्लाका प्रभावित क्षेत्रमा नपुगेको र राहत, उद्धार लगायतका कार्य अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय