काठमाडौं । रसुवा बाढीले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै दिव्य देव लिड कलाकार रहेको ‘बा: एक योद्धा’ को प्रदर्शन सारिएको छ । यसअघि १९ भदौबाट देशभर रिलिज हुन लागेको फिल्मको प्रदर्शनी मिति सारिएको हो ।
निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्टका अनुसार अब यो फिल्म २४ मङ्सिरमा रिलिज हुनेछ । यस फिल्म परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार पनि जम्मा गरेको जनाएको छ ।







