अर्जेन्टिनाका कप्तान तथा फुटबलका महान् खेलाडी Lionel Messi ले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय सुनाएका हुन्। 

मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को कतार विश्वकप जितेको थियो। 

सन् २०२६ को विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि मेस्सीले राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। उनले अब नयाँ पुस्ताका खेलाडीलाई अवसर दिनुपर्ने समय आएको बताएका छन्। 

राष्ट्रिय टोलीबाट बिदाइ भए पनि मेस्सीले क्लब फुटबलमा भने Inter Miami CF बाट खेल जारी राख्नेछन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय