पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

भदौ १४ गते आफैँ टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको अनुगमन (रेकी) गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भएको जानकारी दिँदै घिसिङले भदौ १५ गते नेपाली सेनाको टोली पहँच सुरुङ भित्र २५० मिटरसम्म पुगेको बताएका छन्।

सुरुङभित्र मानिस नभेटिएको खबर प्राप्त भएको उल्लेख गर्दै उनले आयोजनाका कर्मचारी सुरुङभित्र रहेको पावर हाउसको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा रहने भएकाले अब पावर हाउसभित्र छिर्ने विकल्प खोजेर उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।

“कर्मचारीहरू सुरुङभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसभित्र छिर्ने उपाय गरी त्यहाँ थुनिएका कर्मचारीको उद्धार तत्काल गरिनुपर्छ,” घिसिङले भनेका छन्।

प्रशासन र सुरक्षा निकायको टोलीले पहिराका कारण अवरुद्ध बनेको सुरुङ सफा गर्दै उद्धार प्रयास जारी राखेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय