भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले सत्य सम्वादलाई बताए ।

बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।

शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीले बताए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय