रसुवा बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या एक हजार नाघेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो।विभिन्न जिल्लाबाट प्राप्त तथ्यांकअनुसार बाढीका कारण हालसम्म चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। यसमा विभिन्न मानव अङ्गहरूसमेत समावेश छन्। विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको छ।

बाढीका कारण हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी रहेका छन्।

प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिकसमेत रहेका छन्।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन्। यसमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी सक्रिय छन्।

हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र ३ हजार ५०९ नेपाली गरी कुल ३ हजार ७८२ जनाको हवाई उद्धार गरेको छ। निजी क्षेत्रबाट काठमाडौँबाट २९ वटा उडान सञ्चालन भएका छन्। हाल नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।

सरकारले प्रभावित जिल्लाहरूमा नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ भने प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

राहत सामग्रीतर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सशस्त्र प्रहरीले ७७ पटक हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ। बुधवार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा उडानमार्फत राहत पुर्‍याइएको छ।

प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सुचारु राख्न ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सुचारु भइसकेका छन्। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय