रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण आन्तरिक राजस्व विभागले उपहार विजेता छनोट कार्यक्रम स्थगित गरेको छ।

विभागले सूचना जारी गर्दै २०८३ भदौ १६ गते हुने भनिएको छनोट हुनुपर्ने ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गतको उपहार विजेता घोषणा कार्यक्रम स्थगित गरिएको जनाएको हो।

विभागका अनुसार स्थगित कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रमको नयाँ मिति पछि सार्वजनिक गरिनेछ।

साथै, २०८३ भदौ १ गतेअघि खरिद गरिएका बीजकहरूबाट कुपन प्राप्त गर्ने करदाताको दैनिक तथा बम्पर उपहारका विजेता छनोटसम्बन्धी व्यवस्था पनि विभागले सूचनामार्फत जानकारी गराएको छ।

विभागले बाढी तथा पहिरोबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ।

kupan.JPG

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय