एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३ रनमा रोकेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले चार विकेट हात पारे । सात ओभर तीन बल बलिङ गर्दै केसीले दुई मेडनका साथ २३ रन दिएर चार विकेट हात पारेका हुन् ।

टस हारेर फिल्डिङ गरेको नेपालले आयोजक मलेसियालाई ३२ ओभर ३ बलमा अलआउट गरेको हो ।

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो । नेपालका लागि करण केसीले चार विकेट हात पार्दा ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे ।

मलेसियाका लागि कप्तान सैयद अजिजले ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडे । अन्य ब्याट्सम्यानले भने नेपाली बलरविरुद्ध रन जोड्न सकेनन् । १०४ रनको लक्ष्य पाएको नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल आज दोस्रो जितको खाेजीमा छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय