श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् ।

मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् ।

बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् ।

केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका थिए ।

बैठकमा सहभागी अधिकांशले पार्टीको टिसर्ट लगाएका छन् । दोस्रो दिनकाे बैठक सुरु भएको केन्द्रीय सचिव शान्ति पाख्रिनले जानकारी दिएकी छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय