काठमाडौँ । नेकपा एमाले सम्पर्क विशेष कमिटीले रसुवा बाढी घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार एमाले पार्टी कार्यालय, च्यासलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले रक्तदान गरेका छन् ।

प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सम्पर्क विशेष कमिटीले मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढीमा परि ज्यान गुमाएका १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ भने पाँच हजार अझै सम्पर्कविहीन छन् । बाढीपछि घाइते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको छ भने अझै ३ सय १४ जना घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय