काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

उनलाई मंगलबारको मन्त्रस्तरीय निर्णयले बोर्डको जिम्मेवारी तोकेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले बताए । शर्माले बुधबारदेखि कार्यभार थालेका छन् ।

‘उहाँलाई अध्यक्षमा नियुक्त नभइ त्यतिञ्जेलसम्म काम गर्न जिम्मा दिइएको हो’ पौड्यालले भने ।

बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया चाँडै सुरु गरिने जानकारी उनले दिए । ‘सचिवज्यू बाहिर हुनुहुन्छ । बाढी लगायतका कारणले केही ढिला भएको हो । चाँडै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरि अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु हुनेछ’ उनले भने ।११ भदौमा दिनेश डीसीको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय