नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा शनिवार २०७ औं विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालिएको छ। पाल्पाका  तैनाथवाला तत्कालिन कर्णेल उजिरसिंह थापाले वि. सं १८७१  देखी १८७२ सम्म  अंग्रेजसंगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको सम्झनामा  वि.स. १८७७ देखी कृष्ण जन्माष्टमीको भाद्र कृष्ण नवमीको दिन पाल्पामा निरन्तर रुपमा विजय उत्सव मनाउने परम्परा छ।

कर्णेल थापालेअंग्रेजसंग बुटवल क्षेत्रको युद्धमा जानु अघि देवि भगवतीको पाउँ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र भगवतिको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए। २ पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा अंग्रेज सेनामाथी विजयी भएपछि कर्णेल उजिरसिंह थापाले वि.स. १८७२ देखी ७६ सम्म ठुलो गजुरसहितको ३ तले मन्दिर निर्माण गरेका थिए। भगवतीको मन्दिर निर्माण कार्य पुरा भएपछि  वि.स. १९७७ साल देखी विजय उत्सवको रुपमा प्रत्येक बर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतिको रथजात्रा हुँदै आएको छ। अंग्रेजलाई युद्धमा हराएको विजय जात्राको रुपमा हुँदै आएको मन्दिरको नाम समेत रणउजिरेश्वरीबाट चर्चित छ । विजय उत्सवलाई भव्य रुपमा मनाउन लुम्विनी प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा दिँदै आएको छ।
विजय उत्सवको  भगवती रथजात्रा लाई  शनिवार  दिउसो  १२ः४० बजेको  शुभसाईतमा उठाईएको छ।  भगवतिको रथलाइ नेपाली सेनाले सलामी दिएपछि ३ पटक मन्दिरको परिक्रमा गराएको भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष अशोक महर्जनले बताए। मन्दिर परिक्रमापछि पाल्पामा रहेको नेपाली सेनाका गणपतीले पुजाआजासहित बली र नेपाल सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरवार परिसरमा विशेष पुजासहित बली दिएका छन्।

युद्धमा नेपाली सेनाले बहादुरीकासाथ लडेर अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताले हर्षोल्लासका साथ भगवति रथयात्रा गर्दै आएका छन।  भगवती रथजात्रा नेपालीको राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको, नेपाली सेनाको सान र वीरताको प्रतिकका रुपमा स्थापित भएकोले केन्द्र सरकारले नै राष्ट्रिय विजय उत्सवको रुपमा मनाउनु पर्ने माग पाल्पाली जनाताको रहेको संस्कृतिविद् निर्मल श्रेष्ठले बताए।

विजय उत्सव भगवती रथजात्राको लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनरायण आचार्य, प्रदेश सभामुख तुलाराम घर्तीमगर, वन वातावरण तथा पर्यटनमन्त्री तुलसी प्रसाद चौधरी, प्रतिनिधीसभा सदस्य माधव थापा, प्रदेशका पूर्वस्वास्थ्यमन्त्री खेम बहादुर सारु र नेपाली सेना तथा सरकारका उच्च पदस्थ व्यक्तिहरुले अवलोकन गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय