हवाई इन्धन चोरी गरेको अवस्थामा पक्राउ परेकालाइ पर्सा जिल्ला अदालतले धरौटीमा छाडेको छ । भदौ २१ गते पक्राउ परेका ७ मध्ये ६ जनालाई मंगलबार पर्सा जिल्ला अदालतले धरौटीमा छाडन आदेश दिएको हो ।

चार जनालाई जनही २५ हजार र दुई जनालाई जनही ४५ हजार धरौटीमा छाडन आदेश दिइएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले बताए । उनका अनुसार मंगलबार अबेरसम्म चलेको बहसमा अदालतले ६ जनालाइ धरौटीमा छाडन आदेश दिएको हो भने मुख्य अरोपी सुनैन मियाँको हकमा केही आदेश नभएको जनाइएको छ ।अदालतले उमेश राना मगर र मन्द सिंह लामासँग जनही ४५ हजार धरौटी माग गरेको छ भने असलम हवारी, रफिक मियाँ, सन्देश राना मगर र केशर राना सुनारसंग जनही २५र२५ हजार रुपैयाँ धरौटी माग गरिएको हो । पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ भने अदालतमा हाजिर नभएको हुँदा उनको थुनछेक बहस हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।भदौ २ गते अदालतले नै मियाँ बिरामी रहेको भन्दै ५ दिनको म्यादमा अनुसन्धान सकिए फाइल बुझाउन र नसकिए बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका थिए । तर अदालतमा प्रहरीले अनुसन्धान सकेर मुद्दा बुझाउँदा पनि मियाँ हाजिर नभएको जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय