काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार बिहान कर्णाली प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको छ। महाशाखाका अनुसार सुर्खेतको गोथीकाण्डमा पछिल्लो एक घन्टामा २०.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै रातानाङ्ग्ला र रानीमत्तामा १४ मिलिमिटर वर्षा मापन भएको छ।

गएको चौबीस घन्टामा कञ्चनपुरको सुन्दरपुरमा १००.४ मिलिमिटर वर्षा मापन भएको छ। हनुमान नगरमा ५९.६ र दोधारामा ५१.२ मिलिमिटर वर्षा भएको छ।

अन्य विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी  र सुदूरपश्चि प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|

बिहीबार राति देशभर साधारणतया बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशको तराई भू-भागका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय