युवा सङ्घ नेपालले नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । युवा सङ्घ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा प्रभावित क्षेत्रमा परिचालित टोलीले विदुर नगरपालिका–७ का वडा अध्यक्ष रवीन्द्र नेपालको समन्वयमा राहत सामग्री हस्तान्तरण गरेको हो ।

प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै लुगा तथा कपडा सेट, ब्ल्याङ्केट, म्याट, बेडसिट, भाँडा सेट, रासन तथा स्टेशनरी सामग्री लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको थियो।राहत वितरणका क्रममा वडा अध्यक्ष रवीन्द्र नेपालले प्रभावित परिवारको अवस्था तथा आवश्यकताबारे जानकारी लिनुका साथै राहत वितरणमा आवश्यक सहजीकरण गरेका थिए । युवा सङ्घ नेपालले राहत वितरणलाई प्रारम्भिक सहयोगका रूपमा अघि बढाउँदै अब पुनर्स्थापना र पुनर्निर्माणका काममा समेत युवा स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा आवश्यक श्रमदानका कार्यमा स्वयंसेवक परिचालन गरिने सङ्घले जनाएको छ। ‘विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। तर हाम्रो जिम्मेवारी राहत वितरणमा मात्र सीमित हुँदैन। प्रभावित क्षेत्रको आवश्यकताअनुसार पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत स्वयंसेवक परिचालन गरी नागरिकको साथमा रहनेछौँ,’ सङ्घले जनाएको छ।

कार्यक्रममा युवा सङ्घ नेपालका नेताहरू मनोज खत्री, प्रेम प्रधान लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। युवा सङ्घ नेपालले विपदबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तह, जनप्रतिनिधि, सरकारी निकाय तथा सामाजिक संघ संस्थाबिच समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएको छ।

‘विपदमा राहत, पुनर्निर्माणमा श्रम पीडितको साथमा युवा सङ्घ’ भन्ने भावनासहित प्रभावित नागरिकको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने सङ्घले जनाएको छ। राहत वितरणसँगै विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत स्वयंसेवक परिचालन गर्ने सङ्घले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय