प्रहरीले १९ वर्षपछि मानव बेचबिखन कार्यमा संलग्न एक व्यक्ति पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले आज साविक सखुवाप्रसौनी गाउँपालिका–४ कादिर अन्सारीलाई पक्राउ गरेको हो । उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।
अन्सारीलाई थप अनुसन्धान थालियको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।







