काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन्।आन्दोलनसँग जोडिएका मागहरूबारे दैनिकजसो छलफल भइरहेको जानकारी दिँदै मन्त्री गौतमले भनिन्, ‘यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस्।’उनले थपिन्, ‘तपाईंहरूका मागहरू धेरै छन्। ती मागहरू सम्बोधन गर्नका लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहेका मन्त्रीहरू, संसद्मा रहेका सांसदहरू सरसल्लाह गरिरहेका छौँ।’

सरकारको संरचनाभित्र काम गर्ने तौरतरिकाहरू बुझ्न केही समय लागेको स्वीकार गर्दै उनले पीडितहरूको जस्तै पीडा आफूहरूलाई पनि भएको बताइन्।

अघिल्लो वर्ष भदौ २३ गते लोकतन्त्रमा पनि नागरिकमाथि गोली चलेको स्मरण गर्दै उनले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने स्पष्ट पारिन्। देशमा भइरहेको भ्रष्टाचार र सुशासनविरुद्ध आवाज उठाउँदा नागरिकले गोली खानुपरेको उनको भनाइ थियो। भदौ २३ गते राज्यले गरेको दमनका कारण २४ गतेको घटना निम्तिएकाले ती दुवै दिनका घटनालाई एउटै रूपमा हेर्न नहुने उनले बताइन्।

जेन–जी समुदायभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले फाइदा उठाउने भन्दै उनले शहीद परिवार, घाइते र आन्दोलनकारीलाई एक ठाउँमा उभिन आग्रह गरिन्।

मन्त्री गौतमले भनिन्, ‘हामी एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भने विरोधीहरूले स्पेस पाउँछन्। त्यसकारण सही मान्छेहरू एक ठाउँमा उभिइरहनुपर्छ।’

आन्दोलनपछिको निर्वाचनमार्फत जनताले आफ्नो नेतृत्व रोजेको हुनाले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको उनले बताइन्। सरकार गठन भएको करिब पाँच महिनामा सरकार सञ्चालन सहज नरहेको उल्लेख गर्दै प्रतिनिधिसभामा पर्याप्त सङ्ख्या भए पनि संवैधानिक संरचनाका कारण कानुन निर्माणमा चुनौती रहेको उनले स्पष्ट पारिन्।

माग सम्बोधनमा ढिलाइ हुँदा धैर्यता टुट्न सक्ने सम्भावनालाई स्वीकार गर्दै उनले सफा नियतका साथ काम भइरहेकाले संयम अपनाउन अनुरोध गरिन्।

मन्त्री गौतमले भनिन्, ‘यो सरकार सफा नियतसहित आएको छ। हाम्रा सहिद र घाइते साथीहरूले देखेका हरेक सपनाहरू पूरा गर्न यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। यो सरकारमाथि विश्वास राखौँ, यो सरकारले गर्छ।’र पूर्ण रूपमा प्रतिबद्ध छ। यो सरकारमाथि विश्वास राख्नुस्, यो सरकारले गर्छ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय