एसीसी प्रिमियर कप–२०२६ मा नेपाल  हङकङसँग पराजित भएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल १५ रनले पराजित भएको हो ।

४९.१ ओभरमा १० विकेट गुमाउँदा नेपालले २४६ रन मात्रै जोड्न सक्यो । समूह चरणको अन्तिम खेलमा पराजित भए पनि नेपाल पहिलो स्थानमै छ । नेपाल यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपाललाई हराएपछि हङकङ सेमिफाइनलमा पुग्दा आयोजक मलेसिया भने बाहिरिएको छ । समूह बीबाट युएई र ओमान सेमिफाइनलमा पुगेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय