काठमाडौँ । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले मुस्ताङस्थित कोरला नाका हुँदै ओमोडा र जेइकुका नयाँ गाडीहरू सफलतापूर्वक डिस्प्याच गरेको जनाएको छ। डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकलाई डेलिभरी गर्ने तयारीमा छन्।

रसुवागढी नाकातर्फको सडक मार्गमा हालै आएको बाढीका कारण अवरोध सिर्जना भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा थप ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ। कोरला नाकाबाट गाडी ल्याइएसँगै देशभर आपूर्ति तथा डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ।हालै सम्पन्न नाइमा माेबिलिटी एक्स्पाे तथा नाडा अटाे शाे २०२६ मा ओमोडा र जेइकुका गाडीप्रति ग्राहकको उल्लेखनीय आकर्षण देखिएको र विभिन्न मोडलमा बुकिङसमेत भएको कम्पनीले जनाएको छ। नयाँ गाडीहरू अब छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने बताइएको छ।ओमोडा र जेइकुको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

OMODA E5 र E5 Pro मा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, Level 2.5 ADAS, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधा उपलब्ध छन्।

त्यस्तै, JAECOO J5 र J5 Pro मा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटर बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा रहेका छन्।

यसैगरी, JAECOO J6T मा २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ kWh ब्याट्री तथा १३५ kW मोटर रहेको कम्पनीले जनाएको छ। यी विशेषताले J6T लाई शहरी यात्रादेखि साहसिक तथा लामो दूरीको ड्राइभिङसम्मका लागि उपयुक्त बनाउने कम्पनीको विश्वास छ।

देशभर वितरणका लागि गाडीहरू डिस्प्याच भइसकेकाले यसअघि ओमोडा तथा जेइकुका गाडी बुकिङ गरेका ग्राहकहरूले अब छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ ग्राहकहरूले नजिकैको आधिकारिक ओमोडा तथा जेइकु डिलरशिपमा पुगेर उपलब्ध मोडल, विशेषता र मूल्यबारे जानकारी लिनुका साथै आफ्नो रोजाइको गाडी बुकिङ गर्न सक्नेछन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय