काठमाडौं : नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत गरिएको छ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन्। कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
दुईवटा छुट्टाछुट्टै दस्ताबेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरी एउटै साझा दस्ताबेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उनले बताए। दुवै दस्ताबेज अध्ययन गर्ने र शुक्रबारदेखि आवासीय रूपमा बसेर छलफल गरी एउटै अन्तिम प्रतिवेदन तयार पारेर छिटोभन्दा छिटो सचिवालयलाई हस्तान्तरण गर्ने निर्णय भएको प्रचार बिभाग प्रमुख आचार्यले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय