नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले अग्रगामी मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा एउटै चुनाव चिह्नबाट लड्ने तयारीमा रहेको बताएका छन्।

‘९ दलीय अग्रगामी मोर्चा’ को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन्। अहिले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा होमिने तयारी भए पनि आगामी दिनमा मोर्चामा रहेका दलहरूबिच स्थायी एकता कायम गर्ने योजनासमेत रहेको उनले सुनाए। जनकपुरमा आयोजित मोर्चाको कार्यक्रममा मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

अहिले अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय