काठमाडौँ । फिल्म ‘बेहुली’को व्यवसायलाई तीजले फाइदा पुर्‍याएको छ । हरितालिका तीजको व्रतको दिन सोमबार फिल्मले देशभर राम्रो व्यवसाय गर्न सफल भएको छ । फिल्मको व्यवसाय मात्र होइन, शो पनि थपिएको छ ।

साेमबार मात्र फिल्मले ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ भएको हुन सक्ने फिल्मका वितरक गोविन्द शाहीले बताए । फिल्मले देशभरका हलहरू दर्शक बढेको शाहीको भनाई छ ।

सफल संगीतकार अर्जुन पोखरेल यसै फिल्म मार्फत निर्माता बनेका छन् । फिल्म निर्माणमा आउँदा आर्थिक लगानीको ठुलो दबाब महसुस भएको उनले बताए । दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया फिल्म निर्माणमा थप उत्साहित मिलेको उनको भनाई छ । उनले २०८४ मा ‘बेहुली’को दोस्रो शृङ्खला ल्याउने घोषणा गरे ।

फिल्म ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय छ । समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको फिल्म माधव शर्माले लेखेका हुन् ।

 शशान कँडेलले निर्देशन गरेको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय