लेन्दे खोला हुँदै नेपाल चीन सिमाना भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका ८५८ जना होल्डिङ सेन्टरमा पुगेका छन्।

रसुवाको उत्तरगयास्थित नीलकण्ठ माविमा १४ महिला, १६ पुरुष, २ गर्भवती, २ सुत्केरी, २५ जना बालबालिकाहरू गरी ३० जना रहेका छन्।  शिवालय आधाभूत विद्यालयमा महिला २४, पुरुष २४ जना, बालबालिका २५, सुत्केरी २ , सुत्केरी २ गरी ४८ जना रहेका छन्। त्यसैगरी भीमसेन आधारभूत विद्यालयमा २५, पुरुष २६ बालबालिका १४ जना गरी ५१ जना रहेका छन्। गणेश आधारभूत विद्यालय सिरुचेतमा महिला १८, पुरुष १८, बालबालिका ३ जना गरी ३६ जना रहेका छन्।

त्यसैगरी, उत्तरगया गाउँपालिका–२ को सिम्ले आधारभू विद्यालयमा १ महिला ११ पुरुष  गरी  १२ जना आश्रय लिइरहेका छन्। जिल्ला प्रशासन कार्यालयबाट जारी प्रेस नोट अनुसार गोसाइँकुण्ड गाउँपालिका स्थित कोमिन स्यामेवाङफेल माविमा महिला २७, पुरुष २७ बालबालिका ३ जना गरी ५४ जना, लिङलिङ स्थित गोम्बामा महिला १४, पुरुष १८, बालबालिका २ जना गरी ३४ जना, राजधानी काठमाण्डौं स्थित बिभिन्न होल्डिङ सेन्टरमा महिला २२३, पुरुष २२०, बालबालिका १६२ जना गरी ६०५ जना समेत कुल ८७० जना आश्रय लिइरहेका छन्। त्यसै गरी नुवाकोटको तामाङ प्लाजा तथा बिभिन्न होल्डिङ सेन्टरमा रहेका उत्तरगया गाउँपालिकाबाट विस्थापित भएकाहरु २७५ पविार बिदुर नगरपालिका–५ को पिपलटारमा जग्गा भाडामा लिएर टेन्ट टााँगेर  बसेको  छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय