कोशी प्रदेश सरकारले भोलि असोज ३ गते मनाउने ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ मूल समारोहको सम्पूर्ण तयारी पूरा गरेको छ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको बताए।उनका अनुसार भोलि बिहान साढे ६ बजे विराटनगरको आदर्श माध्यमिक विद्यालय अगाडि भेला भएर प्रभातफेरी निकालिने छ। त्यसपछि शहीद रङ्गशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह हुने उनले जानकारी दिए।मूल समारोहमा विभिन्न १६ जातजाति तथा भाषाभाषीको सांस्कृतिक झाँकी प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहने छ। त्यसैगरी खेल कौशल प्रदर्शन, चर्चित कलाकारहरूद्वारा राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरणलगायतका कार्यक्रमहरू तय गरिएका छन्।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय