काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित तीन सदस्यीय समितिको सिफारिसमा परेका तीन जनामध्ये प्राडा वाग्ले उपकुलपतिमा नियुक्त भएका हुन्। उनी यसअघि केयूको रजिष्ट्रार थिए ।

केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय