काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले आफूले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयासमार्फत् सम्भव भएको स्पष्ट पारेका छन् ।

शुक्रबार बर्खास्तीपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै घिसिङले भने, “विद्युत् निर्यात गरेर देशको अर्थतन्त्रमा योगदान दियौं, निरन्तर घाटामा रहेको प्राधिकरणलाई अर्बौं नाफामा पुर्यायौं, र जनताको घरघरमा बिजुली पु¥याउन सक्नु नै मेरो कार्यकालको प्रमुख सफलता हो।”

उनले प्राधिकरणलाई सशक्त र आत्मनिर्भर संस्थाका रूपमा अगाडि बढाउन आफू सफल भएको दाबी पनि गरे । सरकारले कार्यकाल नसकिँदै घिसिङलाई पदबाट हटाएको थियो । उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उनले पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय