जाजरकोटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

नलगाड नगरपालिका–७ दानेपिपलमा बिहीबार साँझ लु.१ च ८२२७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा नलगाड- १० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

बोहरालाई नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ (सुर्खेत) रिफर गरिएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय