काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शाहलाई धोएर जति सफा गरेपनि संवैधानिक राजा बन्न योग्य नरहेको बताएका हुन । पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै महामन्त्री थापाले नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न समेत गरे ।
महामन्त्री थापाले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए । जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेकाले समेत उनको दाबी छ । फरक प्रसंगमा बोल्दै महामन्त्री थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे । २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने महामन्त्री थापाकोे छ ।
पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न समेत पार्टी कार्यकताहरुलाई आह्वान उनले गरे । सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप समेत उनले दोहो¥याए । सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय उनको थियो ।






