काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन् ।
प्रवक्ता गुरुङका अनुसार बैठकले आयोडिनयुक्त नून (बिक्री तथा वितरण) ऐन, २०५५ आगामी साउन १ गतेदेखि नेपालभर लागू हुने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०८१ को पहिलो संशोधनलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ ।
बैठकले हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय







