काठमाडौं । सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सरकारले सरकार गठनको दश महिनामा पनि सम्पत्ति सार्वजनिक नगरेकोमा उनले आपत्ति जनाए ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै पुनले वर्तमान सरकारले आम जनतामा विश्वास र असन्तुष्टि हटाउन नसकेको आरोप लगाएका छन् । साथै, भूकम्पको उच्च जोखिम रहेका क्षेत्रहरूमा पुनःनिर्माण र राहत कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।
सांसद पुनले सडकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न विधेयक चाँडो पारित गर्न र अन्य लम्बित विधेयकलाई संसदबाट पारित गर्न आवश्यक रहेको बताए ।






