
गोरखा। अखिल (क्रान्तिकारी) को संगठन विस्तार अभियान अन्तर्गत जिल्लाको उत्कृष्ट विद्यालय सरस्वती माध्यमिक विद्यालय, आहालेमा ७५ सदस्यीय इकाई समिति गठन गरिएको छ।
कमरेड आदित्य गुरुङको नेतृत्वमा बनेको उक्त समितिमा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ। समितिको गठनसँगै विद्यार्थी संगठनलाई अझ सशक्त बनाउन र शैक्षिक क्षेत्रमा क्रान्तिकारी चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
समिति गठनपछि सम्पूर्ण नयाँ सदस्यलाई बधाई ज्ञापन गर्दै नेताहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अखिल (क्रान्तिकारी) ले ‘जनताका छोराछोरी सबै अखिल (क्रान्तिकारी)’ भन्ने नारा अघि सार्दै संगठनलाई अझ विस्तार गर्ने संकल्प व्यक्त गरेको छ।






