लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका डिल्लीराज भुसाल चार महिना नपुग्दै बाहिरिएका छन्।

जेठको अन्तिमतिर आफ्नै पार्टीका चार मन्त्रीले राजीनामा दिएपछि भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए। तर, सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् हेरफेर गर्दा भुसाललाई निरन्तरता दिइएन।सत्ता साझेदार दलहरूबिच मन्त्रालय बाँडफाँट गर्दा एमालेको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय परेपछि भुसाललाई हटाउनुपरेको सरकारका प्रवक्ता एवं मन्त्री रामजी घिमिरेले बताए ।उनका अनुसार मुख्यमन्त्री आचार्यले भुसाललाई केही समयका लागि विना विभागीय मन्त्रीका रूपमा राख्ने तयारी गरेका थिए । तर, प्रदेशको नीति तथा कार्यक्रमअनुसार तोकिएको संख्याभन्दा बढी मन्त्री राख्न नमिल्ने भएपछि उनी मन्त्रिपरिषद्‌बाट बाहिरिएको घिमिरेले बताए।‘एमालेको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय परेको थियो। त्यसैले उहाँलाई मुख्यमन्त्रीज्यूले विना विभागीय बनाएर राख्ने सोच बनाउनुभएको थियो । तर, पछि त्यो नमिल्ने भएपछि उहाँ बाहिरिनुपरेको हो,’ घिमिरेले भने ।

मुख्यमन्त्री आचार्यले सोमबार नेकपाबाट तीन जनासहित नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअघि जेठमा एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, अर्घाखाँचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास र गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।उनले पछिल्लो समय शहरी विकास , ऊर्जा तथा सिचाई मन्त्रालय पाएका थिए।

आज मन्त्रिपरिषद् हेरफेरमा सत्ता साझेदार दलहरूबिच मन्त्रालयको जिम्मेवारी पुनः बाँडफाँट गरिए पनि भुसालले भने मन्त्री पद गुमाएका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय