मेक्सिको : मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको  मोन्टेरे स्टेडियममा भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पाखा लगाएको हो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा मोरक्कोका गोलकिपर नायक बन्दा टोलीले अविश्वसनीय जित निकाल्यो।

खेलको ७२ औं मिनेटमा कोडी गाक्पो (Cody Gakpo) ले उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सलाई १–० को अग्रता दिलाएका थिए। खेल सकिनै लाग्दा इन्जुरी समयको (९०+१’) मिनेटमा मोरक्कोका इसा डियोप (Issa Diop) ले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए र खेल पेनाल्टी सुटआउटमा धकेले।

पेनाल्टी सुटआउटमा दुवै तर्फका गोलकिपरहरू नायक बनेका थिए। कुल १० वटा प्रहारमध्ये ५ वटा प्रहार त गोलकिपरहरूले उत्कृष्ट बचाउ (Save) गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय