काठमाडौँ । १८औँ नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको अटो शोमा करिब ३ लाख वर्गफिट क्षेत्रफलमा २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

अटो शोमा प्यासेन्जर कार, दुईपाङ्ग्रे सवारीसाधन, लाइट कमर्सियल भेइकल, पार्टपुर्जा, टायर तथा ब्याट्रीसँगै बैंक र बीमा कम्पनीका ब्रान्डहरूको सहभागिता रहनेछ।

यस वर्षको अटो शोमा ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियन विशेष आकर्षणका रूपमा रहनेछ। यस्तै, जीआई ह्युमनोइड र जीओ २ क्वाड्रुपेड रोबोट समेत प्रदर्शनीमा राखिने भएकाले प्रविधिप्रति रुचि राख्ने दर्शकका लागि पनि शो विशेष हुने अपेक्षा गरिएको छ।

६ दिनसम्म सञ्चालन हुने अटो शोमा करिब ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय