काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराकाे जितपुर सिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।उनले गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ र न्यायको अपेक्षा गरिरहेको उल्लेख गर्दै सरकारले पीडित परिवारको पीडा र राज्यप्रतिको उनीहरूको आशाको गम्भीरता महसुस गरेको छ कि छैन भन्ने प्रश्न गरेका छन्।घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने थापाको भनाइ छ। साथै, यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जबाफदेही बनाउन तत्काल कदम चाल्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।गरिमाको घटनाले बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै काम गर्न बाँकी रहेको स्मरण गराएको थापाले बताएका छन्। हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म राज्यको जिम्मेवारी पूरा नहुने उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय